Samyak Samvad With Binu Pokhrel, ft.Prof. Dr. Yuwaraj Sangraula Eps#27

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • वैदेशिक रोजगार कति रहर कति बाध्यता ?
    GUEST: Prof. Dr. Yuwaraj Sangraula
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    Dress : Bipu Collection
    (Phone:9853175755)
    भिडियो भित्र : नेपालीलाई वैदेशिक रोजगार रहर की बाध्यता ?
    भन्ने प्रश्नमा सम्यक् संवाद गरेका छौं । With Binu pokhrel, ft.Prof. Dr. Yuwaraj Sangraula
    प्रियजन हार्दिक नमस्कार
    को को बसेर यो पड्काष्ट हेर्दै हुनुहुन्छ ? एक्लै होला होइन ? छोराछोरी नी ? विदेशमा ?अनि तपाईं ? विदेशमै हुनुहुन्छ ? ? तपाईंको श्रीमान् नी ? नेपालमै हुनुहुन्छ ? भो अरुलाई सोधिनँ । किन भने नि हरेक एक नेपाली परिवारिक विखण्डनको यहि चोट भोगिरहेको छ ।
    वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार वर्क परमिट लिएर विदेशिन सुरु भएको २०५२ सालदेखि यता आजसम्म ६३ लाख नेपालीहरु विदेसिएका छन् ।
    तर आफ््नै वरपर यस्तो समस्या देखेरै पनि विदेसिनेको शंख्या घटेको होइन अझै बढेको छ । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार सन् २०२३ मा मात्र नेपालको त्रिभुवन विमानस्थल भएर विदेशिनेको संख्या १६ लाख ३ हजार आठ सय ३६ छन् । त्यसमध्ये श्रम स्विकृति लिएरै जाने आठ लाख आठ हजार चार सय १५ जना छन् । अझै यसमा भारतको बाटो भएर र भारतमा नै मजदुरी गर्न जानेको संख्या जोडिएको छैन ।
    यहि दरमा विदेशिने हो भने नेपालमा अबको पाँच वर्षमा युवाको संख्या नै शुन्य हुनेछ । किनकि २०७८ को जनगणना अनुसार तीन करोड जनसंख्यमा एक करोड २४ लाख जनसंख्या १६ देखि ४० वर्ष उमेरका छन् । त्यसमा झण्डै आधा त बाहिर नै हुनुहुन्छ । अनि यहि रफ्तारमा विदेशिने हो भने आउँदो पाँच देखि सात वर्ष भित्रमा नेपाल युवा नै नभएको देशमा गणना हुनेछ ।
    अझ पश्चिम नेपालका दाङ, रोल्पा,जाजरकोट, रुकुम जस्ता जिल्लाहरुबाट ७० लाख देखि एककरोड सम्म ददाललाई बुझाएर तत्लोबाट अमेरिका जानेको लर्को देख्दा हन यो के हुन लागेको भनेर सोच्न बाध्य बनाउँछ ।
    यो सत्य हो, रेमिट्यान्स त भित्रिएकोछ, तर मात्रै पैसा कमाउन युवा विदेसिदा घर परिवार, समाज, अनि देश युवा विहिन बन्दो छ, अनि मान्छे मर्दा लास उठाउने मान्छे पनि नहुँने, कमाउन गएका छोराछोरीको लास आउने, घरघरका बुढा आमाबुवा विमारी हुँदा अस्पताल लगिदिनेसम्म मान्छे नहुने जस्तो भौतिक भन्दा धेरै गुणा ठूलो मानसिक विछिप्तता भोगिरहेको छ अहिलेको नेपाली समाज ।
    युवा विदेसिनको असर मान्छे देखि भूमिसम्म छ ।
    किनकि आज ६८ प्रतिशत कृषिमा आधारित भनिएको जता रोप्यो उतै उब्जनी हुने देशको दश लाख ३० हजार हेक्टर जमिन बाँझो छ । यो भनेको खेति योग्य जमिनको ३३.प्रतिशत जमिन हो ।
    जसको परिणाम आज नेपालले कुल बजेट झण्डै १९ खर्व बनाउँदा त्यो भन्दा धेरै १९ खर्व २० अर्व माथिकोे सामान आयात गर्छ । विहान उठेदेखि बेलुका सुत्नेसम्मका हरेक सामान आयात गर्ने अवस्थामा पुगेको नेपालको लागि देशमा युवा नै नहुँनु र मान्छे उठेदेखि रातमा सुत्नेसम्मका हरेक कुरा आयातमा भर पर्नु भित्रिएको रेमिटेन्स भन्दा धेरै ठूलो क्षति हो ।
    भौतिक क्ष्ति त भयो नै पैसालाई मात्र केन्द्रमा राखेर दगुरेका हामीहरुले के के मानसिक क्षति भोगिरहेको छौं ? त्यसको अशर कहाँ कहाँसम्म छ? आखिर किन यस्तो भैरहेको छ ? के कुरा छैन नेपालमा या के कुरा छ विदेशमा र पढ्ने वित्तिकै उतै जान हतारिइरहेको छ युवा पुस्ता ?
    यसरी कुदेको पुस्तालाई कसरी धैर्य, आनन्दित व्यक्ति बनाउन सकिन्छ भन्ने गहन विषयमा आज हामी सम्यक् संवाद गर्दैछौं । व्यक्ति,व्यक्तिकोे मन, परिवार,समाज हुँदै देशैको समस्यामा पुगिने विषेश संवादमा आज हामीसँग हुनुहुन्छ नेपालसरकारको पूर्व महान्याधिवक्ता प्रा. डा. युवराज संग्रौला । जो समाज विज्ञान देखि मानव शास्त्रसम्मको सुक्ष्म अध्येता र प्रखर वक्ता पनि हुनुहुन्छ ।
    त्यसैले अउनुस् अब केहीक्षण उहाँको साथ रहेर मात्र पैसा केन्द्रमा राखेर निस्किएको युवाहरुको सोचमा बन्दै बिग्रदै गरेको आध्यात्मिक नेपालको चित्र पढौं ।
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel...
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

КОМЕНТАРІ • 131

  • @sureshasuresha6520
    @sureshasuresha6520 2 дні тому +2

    युवराज सर भन्नु भएको सभ्यता, संस्कार, रोजगार सबै मल्ल कालीन सभ्यता मा पाइन्छ।
    मल्ल कालीन सभ्यता आज सम्म विश्व कै उत्कृष्ट सभ्यता पर्छ।
    मल्ल कालीन विज्ञान, समाज, सभ्यता, प्रकृति सबै मल्ल युग मा पाइन्छ।

  • @ramppokharel
    @ramppokharel 2 місяці тому +16

    समाज,संस्कार,कानुन एबम भु राजनीति का जानकार डा. सङ्रौला सङको यो सुन्नैपर्ने पड्कास्ट 🙏❤️

  • @gtmbg9841
    @gtmbg9841 21 день тому +1

    पुरै सुने । सुन्दा एकदमै गम्भिर बनायो। कहिले को जन्मिएला र देशको प्याथोलोजिकल होल बढी चेकअप गर्ला र पत्ता लगाउला कि कुन कुन अंग ध्वस्त भएका कारणले देश आजको अवस्थामा छ। डा. युवराज सर, पुरै खुलेर आँट गरेर प्रस्तुत हुनुभएछ।

  • @newlumbini28
    @newlumbini28 Місяць тому +6

    म डा• युवराज सङ्रौला सरको youtube मा भएको सम्पुर्ण interview , र video हरु समय मिले सम्म विगत 2 वर्ष देखि नछुटाई खोजिखोजि हेर्ने गर्छु । धेरै धेरै धन्यवाद बिनु दिदिलाई

  • @Kanxey
    @Kanxey 2 місяці тому +4

    प्रस्तुतिको शैली नै पृथक र मिठो लाग्छ हजुरको । नियमित हेर्छु यो कार्यक्रम । युवराज संग्रौला सर सुनिनै पर्ने व्यक्तित्व हुनुहुन्थ्यो, उहाँलाई सुन्न पाएँ निकै खुसी लाग्यो ।

  • @jkvikiran
    @jkvikiran Місяць тому +4

    हरेक नेपालिले कम्तीमा एकपटक सुन्न,हेर्न र ठण्डा दिमागले सोच्नुपर्ने कुरा हो यो! अनि त्यही अनुसार कर्म पनि गर्नु पर्छ!🙏🇳🇵❤️

  • @laxmiaryal3485
    @laxmiaryal3485 2 місяці тому +3

    अतीनै चित्तबुझ्दो संस्कार❤🙏 योमाटोको मायाॅ र देसको चिन्ता संग्रौला सरलाई नमस्कार

  • @santoshlimbu3807
    @santoshlimbu3807 Місяць тому +5

    मैले ब्राहमण समुदायमा खुल्ला आकाश जस्तै देखेको एकमात्र बौद्धिक मान्छे उहाँ मात्र हो।

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s 2 місяці тому +6

    ओहो! अहो !! हुने कस्तो सुन्दर प पडकाष्ट सुनियो हौं आज,देश,समाज,मान्छे,प्रकृति के को चर्चा छैन र । हैट एउटा होइन धेरै पुस्तकपढेर निस्के जस्तै भो । क कसलाई धन्यवाद भनौं के? हाम्रो देशमा पनि यस्तो वहस हुन्छ ?यो तहको मान्छे छन् भन्ने लाग्यो ।
    thankyou thankyou thankyou 🙏🙏

  • @shreebidari526
    @shreebidari526 2 місяці тому +3

    Thank you binu ji to invite Mr Dr sagrula the greatest person to your podcast 🙏 🙌

  • @kumgurung2186
    @kumgurung2186 2 місяці тому +6

    आति नै खुशी लाग्यो युवराज संग्रौला सर को इन्टर भ्यु आति मन पर्छ । धन्यवाद।

  • @Swikritirimal7
    @Swikritirimal7 2 місяці тому +5

    आदरणीय गुरु नमन

  • @lalitchakra4574
    @lalitchakra4574 14 днів тому

    एउटा सुसुप्त ज्ञानको दैलो उघ्रेको अनुभुति हुन्छ। जस्तो की बर्षौं देखिको दमित रहर पुरा भयो यि वार्तालाप सुनेर। Feeling आल्हादित 🥰

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 Місяць тому +2

    मलाई मनपर्ने बिचारक डा युबराज संग्रौला

  • @kumar-wh7et
    @kumar-wh7et Місяць тому +2

    धेरै गहन सोच र समाज लाई कसरी अघि बढाउन सकिन्छ र हाम्रो विचार र सोच बदल्न सकिन्छ । देश मा उन्नति गर्न सकिन्छ । भन्ने कुराको यहाँ हरुले बस गर्नु भयो । सारै चित्त बुझ्यो।

  • @TaranathBohara
    @TaranathBohara 18 днів тому

    पडकास्ट उपयोगी र सान्दर्भिक लाग्यो अतिथिलाई हृदयदेखि धन्यवाद ।

  • @birajyoutube474
    @birajyoutube474 10 днів тому

    He will be in the paper of history ❣️#huge_respect 🙏🙏

  • @udaya759
    @udaya759 9 днів тому

    युवराज सर परती धेरै धेरै नमन

  • @JyamshmagarJyamsh
    @JyamshmagarJyamsh 2 місяці тому +5

    एक दमै समय सापेक्ष कुरा उठाउनु हुन्छ म हजुरको प्रत्येक अन्तरबार्ता हेर्छु अब हजुरहरुले जस्तो यो सब कुरामा सुधार लिने अभियान गर्दै हुन्छ अब यस्लाइ बेवारमा पनि कार्यनयन गर्ने प्रयत्न गर्नु पर्यो सर

  • @jkvikiran
    @jkvikiran Місяць тому +3

    कुरा सुन्दा आजै अहिल्यै देश फर्किऔँ जस्तो लाग्छ!तर बिरामी हुँदा आफू सँग पैसा नभएर २ रुपियाँको सिटामोल माग्दा पत्याउँदैनन समाज र छिमेकिले!अनि?के गर्ने पैसा बिना त्यो देश र समाजमा बसेर?

  • @user-cg9qp1pp4x
    @user-cg9qp1pp4x Місяць тому +1

    यूवराज सरको कुरा सारै बिषिष्ट उत्कृष्ट छ तर प्रश्न स्वध्ने पत्रकार छेउन टुप्पाको प्रश्न अपरिपक्क अल्पज्ञानी

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 2 місяці тому +6

    बिनु दिदी म खाडिमा छु पढेलेखेको छैन तर नेपालमै बसे भने तपाईको कार्यक्रम म मेरो आफनै मोबाइलमा पनि हेर्न सक्दिन ।😭😭😭😭😭😭😭😭 भन्न पो सजिलो छ भोक्न त गार्हो छ नि दिदी ।

    • @binupokhrel3004
      @binupokhrel3004 2 місяці тому

      यहि कुरा त गरेका छौं त हेर्नू न पहिला सबै कार्यक्रम ।

    • @rinaloksamba3660
      @rinaloksamba3660 Місяць тому

      Tapai khaadi ma kamauna gaako kei poisa kamaayera tapai nepal nai farkinu hunxa . Tara bideshmai vaasine haruko laaagi ho hajur

  • @DilipKumarShrestha-ts7ki
    @DilipKumarShrestha-ts7ki 2 місяці тому +1

    सबैले सुनेर मन्थन गर्नुपर्ने । विशेषगरी मुलुककाे बागडोर सम्हालेका व्यक्तिहरुले मन्थन र व्यवहारमा रुपान्तरण गर्नुे विषय हाे ।
    विद्वान डा. संग्राैलाकाे बिचारहरु सधैं नै सशक्त रहन्छन् । दर्शकसामु पस्कनु भएकाेमा प्रस्ताेतालाई धन्यवाद ।🙏

  • @kamalmagar8677
    @kamalmagar8677 Місяць тому +1

    धेरै राम्रो सन्देश दिनु भयो गुरु 🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @suryabaral7819
    @suryabaral7819 26 днів тому

    नमस्कार सहि विश्लेषण,भारतिय मिठाइँ ले झन स्वस्थ्यकर छैन सर।याे कुरा उठाउने

  • @stingfistify
    @stingfistify 2 місяці тому +3

    Binu Ji big fann ❤

  • @sureshasuresha6520
    @sureshasuresha6520 2 дні тому

    चिन्तन मनन गर्न ढिला भइसक्यो।
    जब दरबार सिध्यायो, त्यो नेपाली लाई सिध्याएको हो।
    सत्य यही हो।

  • @gopalniraula9223
    @gopalniraula9223 2 місяці тому +1

    आज यो सम्बाद सुनेर राम्रो comment लेख्न पनि धेरै नै बिचार गर्नु पर्ने रहेछ भन्ने अनुभव भयो ।
    धन्यवाद सर ।

  • @rajendranayak2584
    @rajendranayak2584 Місяць тому +1

    वास्तब मै येकपटक सबैले सोच्नु पर्ने अबस्था आयेको छ

  • @dhenprasadrai1682
    @dhenprasadrai1682 2 місяці тому +3

    कति विशाल कति गहन तर्क फेरि पनि शिक्षा प्रती कहि कतै परस्पर बिरोधी तर्क जस्तो लाग्यो

  • @gajendramanshrestha.2385
    @gajendramanshrestha.2385 2 місяці тому +1

    अत्यन्तै सुन्नु /गुनिनु पर्ने सँवाद,धन्यवाद डासाब।

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 2 місяці тому +6

    नेपालीहरुमा नकारात्मक सोचले घर गरेकोे छ ।

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2i 2 місяці тому +2

    जय🙏 हाेस्

  • @ashoktamang35786
    @ashoktamang35786 2 місяці тому +2

    अद्भूत 😮

  • @geetakatwal2527
    @geetakatwal2527 Місяць тому +1

    सारै सुन्दर

  • @bipanabasnet5273
    @bipanabasnet5273 2 місяці тому +2

    सहि हाे हजुर किसानले परिस्रम गरेर उत्पादन बाट अायकाे मकै, धान, गहु, काेदबाट, खाजा उठ्दैन तेसैले गर्दा जनताले खेतिबाझाेराख्न बाध्धेहुनुपरेकाे छ सरकारले खेतिमा कुनठाउमा के उत्पादन हुन्छ भनी जमिनलाई पहिला जाच्ने र तेहिखेति लगाउने गरेमा उत्पादन पनि बढि हुन्छ जमिन पनि बाझाे रह्दैन ,सरकारले कुनठाउमा, जडिबुटि हुन्छ कुनठाउमा, धानहुन्छ, कुनठाउमा मकै हुन्छ जमिनचिने र उत्पादन गरेमा उत्पादन बढिफल्छ र बढिफलेपछि सर्मिकाई ज्यालादिन सक्छ र जमिन बाझाेहुदैन किसानले पनि काम पाउछन् र धेरैमानिसहरु बिदेशजानराेकिन्छन्

  • @prembhujel9839
    @prembhujel9839 Місяць тому

    🙏❤️🙏 उहाँको हरेक बिचार कति राम्रो अनी सकारात्मक हुन्छ ,,, हजुरको बिचारको सधै तारिफ गरिरहने छु 🙏❤️🙏 ।

  • @girmagar7972
    @girmagar7972 2 місяці тому +1

    Yesta bharastachari jhole kusasan neta desh ma bhaye samma yo bideshma Jane bhai nai rahanxa hjr dhanyebad

  • @subashdhakal6811
    @subashdhakal6811 29 днів тому

    thank you both of you ... deep respect for you respected person from inner core of my heart :)

  • @issortamang1232
    @issortamang1232 26 днів тому

    Constructive discussion. I like it

  • @bimalgautam6307
    @bimalgautam6307 4 дні тому

    Right kura sir

  • @aanchalghimire99
    @aanchalghimire99 Місяць тому +2

    देश बिग्रीएको हामी जनताको कारणले हो किनभने 364 दिन जुन नेतृत्व लाई सरापेका हुन्छौ भष्ट्राचारी भनेका हुन्छौ तर चुनाव को दिन मेरो बाउ बाजेले भोट हालेको पार्टी छोड्दिन भन्ने मानसिकता जब सम्म परिवर्तन हुदैन तबसम्म देश बिकाश हुदैन ।। यी काङ्ग्रेस एमाले माओबादी जबसम्म नेपाल बाट निर्मुल हुदैन तबसम्म देश सधै भारत को प्रयोगशाला बनिरहन्छ🙏🙏🙏

  • @nabinsharma6626
    @nabinsharma6626 Місяць тому

    U R always seeking approval not from within but outside. For this reason I am from out. When u blame others, you have a long way to go. Raise your argument but not voice. Good luck.

  • @debrajghale6025
    @debrajghale6025 27 днів тому

    जो जे सुकै बोलोस्, जसले जेसुकै भनोस् । तर, वास्तविकता के हो भने नेपालमा नेताहरूको कुर्सी मोह, चुनावको बेला खोक्रो भाषण, अपरिपक्व नेतृत्व, विश्वविद्यालय अस्त व्यस्त जस्ता विविध पक्षहरूले युवा देशमा बस्ने वातावरण नहुनु नै आज यो अवस्थाको परिणाम हो ।

  • @user-rt7he2tm6s
    @user-rt7he2tm6s 2 місяці тому +1

    ,wow what a excellent talk, ,congraz castre

  • @tekshrestha1764
    @tekshrestha1764 Місяць тому

    ati ramro interview

  • @kedargautam215
    @kedargautam215 22 дні тому

    अब वडा देखि बिदेशमा सम्म देश चलाउने बिग्यता जुम मार्फत कार्यक्रम चलानु परेयो हजुर !

  • @swaroopgc.865
    @swaroopgc.865 Місяць тому

    Hardik naman Dr. Saab. Mesmerized to hear your thoughts. Keep going Guru!

  • @prakashchauhan2588
    @prakashchauhan2588 2 місяці тому

    असाध्यै मन पर्यो हाम्रो आदर्श गुरु सगको अन्तरङ कुराकानी 🕉️🙏❤️❤️🇳🇵🙏🇳🇵🕉️🙏🕉️🙏🙏❤️🕉️🙏

  • @sitapant8657
    @sitapant8657 2 місяці тому

    😢🎉❤❤❤डा युवराज संग्रौला सरको सादँरभिक कुरा

  • @ramilakhatri2338
    @ramilakhatri2338 2 місяці тому

    ekdam ramra kura sabaile sunnai parne kura❤

  • @sureshasuresha6520
    @sureshasuresha6520 2 дні тому

    Parenting पनि विदेशी ले गरी रहेको छ, विदेशी ले हाम्रा भविष्य का नागरिक लाई नेपाली puppet को रूपमा विकास गरिंदै छ।
    नेपाली बुबाबामा हब parenting गर्न असक्षम छन्, यस विषय मा विदेशी हरु धेरै सक्षम छन्।
    हाम्रो मनोबल नै गिराई सके २०४६ पछि।

  • @alenetra9416
    @alenetra9416 2 місяці тому +1

    नमस्कार तपाईको पोडकास्ट नियमित हेर्ने गर्छु,युवराज सर संग नेपालमा फैलिएको christianity को बारेमा पनि कुराकानी सुन्न मन लागेको थियो किनकी यो christianity ले पनि नेपालको समाज भडकाउने काम मा सहयोगी भुमिका खेलेको जस्तो लाग्छ मलाई,उहाँको विचार बुझ्न मन लागेको छ।

  • @himalghimire1041
    @himalghimire1041 2 місяці тому

    Ati nai samaya sandarvhik kura haru derai ramro kura haru garnu vayo! Ra janne abasar paya tesko Lagi hjur harulai derai dherai avhar bekta garna chhahanxu.

  • @saritaadhikari-nz1kv
    @saritaadhikari-nz1kv Місяць тому

    अति नै राम्रो सुन्न पाइयो।

  • @renurose8257
    @renurose8257 Місяць тому

    अहिलेको समाजको तितो चित्रण डा.साबको।चित्त बुझ्ने पड्काष्ट 🙏

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 місяці тому

    नमन गर्दछु।

  • @RiseChetana108
    @RiseChetana108 Місяць тому

    Aati ramroo interview

  • @dipasapkota3255
    @dipasapkota3255 Місяць тому

    Dhanyabad hajur lai

  • @vibhasflute2598
    @vibhasflute2598 Місяць тому

    Thanks for such a wonderful personality. Really really, mind-blowing

  • @kesharkc2037
    @kesharkc2037 2 місяці тому

    धन्यवाद सर।

  • @sosthaniaryal3739
    @sosthaniaryal3739 2 місяці тому

    ❤❤देश मान्छेहरु कहिल्यै गलत गर्न सक्दैनन....❤❤❤

  • @nabarajghimire7600
    @nabarajghimire7600 2 місяці тому

    महान विचार

  • @sachintamang2135
    @sachintamang2135 23 дні тому

    बौद्धिकहरुको पनि बौद्धिक युवराज सङ्ग्रौला

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j 2 місяці тому

    देशको चिन्ता गर्ने साथै अध्यायको भण्डार विज्ञ ।

  • @chandagautam2915
    @chandagautam2915 2 місяці тому

    right awareness information 🙏🙏

  • @rambdrrokaya2832
    @rambdrrokaya2832 26 днів тому

    Malai sairai ramro lageyo Dr ko kura sunda

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому

    ❤❤❤❤❤❤❤❤legend. Respected. Professor. Dr. Shaba. ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashtakhatari8069
    @prakashtakhatari8069 29 днів тому

    🙏🙏🙏

  • @nabinpunmagar2069
    @nabinpunmagar2069 2 місяці тому

    Great person ❤🎉❤❤🎉

  • @GorkhaKhukuri
    @GorkhaKhukuri 2 місяці тому

    शिक्षा र स्वास्थ्य निशुल्क भएमा बिदेशिने कम नै होलान 🙏

  • @chatervilla8257
    @chatervilla8257 2 місяці тому

    Super topic🙏🙏

  • @nightbot9917
    @nightbot9917 19 днів тому

    👍👍👍👍

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 2 місяці тому +1

    सङ्ग्रौला सरले पढाएको कलेजको विद्यार्थी कति प्रतिशत नेपालको बिकासमा लागेको छ्न त्यो पनि सुन्न पाएकोभय राम्रो हुन्थ्यो ।

    • @alwaystruthNp
      @alwaystruthNp 2 місяці тому +2

      नेपालमै बस भनेर बिद्यार्थीलाई जबरजस्ती गर्ने जमाना छैन, लाखौं बाबुआमाले आफ्ना छोराछोरी त बसाउन सकेका छैनन् भने प्राध्यापकले सक्ने कुरो होइन। तर जति यहीँछन् उनीहरुले कस्तो गरिरहेका छन् भन्ने कुरा भिडिओमा आईसकेको छ, छुटेको भए फेरि हेर्नुहोला।

    • @sudarshanpathak786
      @sudarshanpathak786 Місяць тому

      एउटा बुवाले आफ्नो छोरालाई विदेश नजा अथवा यो नगर त्यो नगर भन्न मिल्दैन अथवा सक्दैन अथवा ऊ मान्दैन भने एउटा शिक्षकले भनेको कुरा ठ्याक्कै विद्यार्थीले किन गर्ला ??? नेपालमा बस्ने नबस्ने त्यो त व्यक्तिगत कुरा हो नि

  • @jayantipakhrin1317
    @jayantipakhrin1317 25 днів тому

    🌹🙏🌹

  • @lawasshakya6035
    @lawasshakya6035 Місяць тому +1

    Tapai jasto manxe Nepal ma 10 Jana yo des ma vayeko vaye yodes Aja yesto hune thena tapai KO bichar sarai man parxa

  • @user-fe9qz4ch7m
    @user-fe9qz4ch7m 2 місяці тому

    Good topic

  • @bshesworamainali9930
    @bshesworamainali9930 Місяць тому

    Dharai dharai gahan ra sandarvek Kura Hun yee mama hajur tapaika.

  • @dhaminlamichhane114
    @dhaminlamichhane114 2 місяці тому +1

    सर किताब हरु ईन्टरनेट बात पढ्ने माध्यम बनाउन पाउ हामी पनि पढ्न पाउथ्यो कि !

  • @bhojkaladawadi6735
    @bhojkaladawadi6735 2 місяці тому +1

    सुनौ!!

  • @abinashsubba9666
    @abinashsubba9666 Місяць тому

    🔥🔥🔥👏👏👏

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 24 дні тому

    नेपाली ले पनि नयाँ बाईक,बाईसाईकल नबनाएका होईन ।सरकार ले व्यवसायिकरण गर्न र अगाडि बढाउन चाहदैन। नेपालमा राजनीतिक असफल। बरु कुकुरको माया लाग्छ, नेताको लाग्दैन् ।राजा राजा महेन्द्र भाको भए त्यस्ता नयाँ बनाउने लाई खोजी खोजी अघी बढाउथे।

  • @ExcitedParakeet-wp8dl
    @ExcitedParakeet-wp8dl Місяць тому

    जति साइतिक तरिकाले बोलेपनि गाठिकुरा केहोभन्ने नबोल्ने बुर्जुवा सामन्तिले कहिल्यै भनेन् यो दुखको कारक तत्व राजनीतिक बेबस्थाहो भनेर जगि जति आन्दोलन,कान्ति भए एकल सामान्ति पुजिबादि सासकको पिल्लर भत्काइ सर्बाहारा सर्मजिबि हरुलाइ या समाजलाइ शासन ब्यबस्थाको पुर्ण अधिकार दिने समाज बादको स्थापना गरि गाँस,बास,कपास,सिक्षा,स्वास्थ लाई पुर्ण ब्यबसाइक करण बाट मुक्त बनाइ सबैलाइ समानताकोआभास दिने हो भने नराइमाइ लाले गाउँ छोड्थियो ,न बिध्यार्थि को युरोप जाने सपना हुन्थियो, न चालीस कटेपछि रमाउला भन्ने बोयोग गुन्जिन्थियो, नत गरिब हरु रोग,शोक, भोक बाट तड्पिएर मर्नु पर्थियो , नत आफ्ना बाल बच्चालाई आधा जीवन समर्पित गरेका बुबा आमा बुढेसकालमा आगनमा बसि एक्लो महसुस गरि मृत्युु लाई एक्लो पन अनुभव गरि बस्नु पर्दै नथियो , मलाइ नेपालका राजनीतिक बिस्लेसक, साहित्यकार,कानुनबिद, जति बौधिक बर्ग भन्ने हरुको बौधिक स्तरनै पुजीवादी एकल सामन्त सस्कार बाट ग्रशीत भएक‍ो कारणले उनिहरु बाट पाउने तर्कनै सामन्ती हरुको वरिपरिनै घुम्दो रहेछ ।कित भाबनामा बहकाउने,कित सान्सारिक कुरागरि मलम पट्टि गरिदिने बाहेक इ पिएच्डि वाला ,प‍ो्फेसर,कानुन अध्ययन वाला,बिस्लेसक, बौधिक भनिने हरुमा पाइएन कसैको मुख बाट समाजबादि बेबस्थाले मात्र इ सामाजिक असन्तुलनको अन्त्य हुन्छ भन्न सकेनन्

  • @hbrai
    @hbrai Місяць тому

    साह्रै गजबको बहस

  • @karanshahi3523
    @karanshahi3523 Місяць тому

    We shall start from ourselves. Don't just blame government system. It is stat fro individuals.

  • @Dipmean
    @Dipmean 20 днів тому

    येउटा वर को रुख कत्रो हुन्छ र तेस्को बियाँ कत्रो हुन्छ? कसैले पत्यौला त तिल को गेडा भन्दा सानो बीउ येक्दिन तेत्रो विशाल बृछ बन्ला भनेर।
    उहाँ सर को कुरा सुनेर मैले धेरै अनुमान गरे ,कति ठाउँमा ग्लानी नि गर्नु हुदो रहेछ , गाली गर्ने हरु को बोली ले घायल हुनु हुदो रहेछ । किन कि हामी संबेदनसिल प्राणी हौँ नि त । संबेदनसिल न भयेको ब्यक्ती बाट तेत्रो बिचार प्रस्फुटन हुनै सक्ने थियेनन। र उहाँ ले येउटा के कुरा पनि हेक्का राख्न जरुरी छ भने उहाँ कै सोच कसैलाई घोच हुन सक्ला तर सत्य मा हिंड्न् नडडाउने हामी जस्ता ब्यक्ति हरु लाई पथ प्रदानकर्ता पनि हुनु हुन्छ।
    म हु बहु हजुर कै सोच लियेर बिदेश बाट स्वोदेश मा आयेर ब्यापार गरेर बसेको ब्यक्ति हु। बिग्रेको चिज बन्न भ्त्काउन भन्दा बडि समये अबस्ये लाग्छ तर जित सत्य कै हुन्छ।
    अन्तिममा बिनु जि लाई 10 कुइन्टल धन्यवाद अन्तगत्व मा रथ हाक्ने सारथि को भुमिका मा तपाईंलाइ सालिन र सिस्ट पाय। आफ्नो पना मा रहन सक्नु नै तपाईंको बिसेशता हो। बाकी सत्कर्म गर्दै जाउ युवा लाई जागरुक बनाउदै जाउ।।हरि ॐ 🙏🙏।

  • @pingkushal
    @pingkushal 8 днів тому

    If Tikaram yatri or Dil bhusan pathak was on the other seat it would be 💥💥

  • @yubarajsangroula1178
    @yubarajsangroula1178 2 місяці тому +1

    My name is YUBARAJ Sangroula

  • @kcrama1
    @kcrama1 2 місяці тому +1

    Sabai ramro, but Binu ko expression is over

  • @sureshasuresha6520
    @sureshasuresha6520 2 дні тому

    ताइवान चाइना लेख्नु पर्छ

  • @Dream-qs4ue
    @Dream-qs4ue Місяць тому

    साायद आमा बन्न नचाहने छोरीहरुले आफ्ना आमाहरुले भाई बहिनी हुर्काउँदा भोगेको पिडा देखेर पो हो कि सत्यको पाटो एकतर्फी मात्र हुँदैन है

  • @lawjustice1345
    @lawjustice1345 2 місяці тому

    What is the difference between Dharma and Religion Dr.Yubaraj sangroula sir?

    • @user-pw6pg8hz1n
      @user-pw6pg8hz1n 2 місяці тому

      Religion means Re+ligion ligion means tie . Continuously tie with god is religion. It is abrahmic based thought on trinity. While there is not direct translation of dharma to religion. We need 15 different words to translate dharma to religion.

  • @TGR-CURSED
    @TGR-CURSED 2 місяці тому

    दादा हजुरजस्तो नेता देशमा भएको भए हाम्रो देश पनि बन्ने थि 43:07 याे तर दुर्भाग्य 43:55

  • @smudbhari3148
    @smudbhari3148 2 місяці тому

    यिनले पनि युवा बिदेशिनुको चुरो कुरो बुझेका रहेनछन्। केहि हदसम्म ठिकै बोलेका छन्।
    बिदेशिनुको कारण धेरै जटिल छ, बिदेशिने क्रम रोक्न सक्ने क्षमता नेपालले गुमाईसकेको छ अब यो रोकिन्न।

  • @NabinSays__
    @NabinSays__ Місяць тому

    Time lapse rakhnu na didi

  • @nimaetamang4609
    @nimaetamang4609 Місяць тому

    🇳🇵

  • @lawasshakya6035
    @lawasshakya6035 Місяць тому

    Yo samaj badalnai parxa yo bebastha ni falnai parxa

  • @gyaneethapa4309
    @gyaneethapa4309 Місяць тому

    अरु सम्यक सम्वाद सुन्नुस् नसुन्नुस् तर याे अवश्य सुन्नुहाेस् ।

  • @premadahal6251
    @premadahal6251 Місяць тому

    ek muthi biu kadeko 5rs are ani kasari kheti garne

  • @bishwashpoudel3596
    @bishwashpoudel3596 Місяць тому

    education, health, housing, extreme expensive cha hajur salary tha holani ani youth leave hudai cha