bon religion(बोँन धर्म )अनुसार तमु समुदायको अर्घुन । क्ल्हेप्री खेगी दुारा गर्दै।

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025
  • तमु जाती र अर्घुँ(पय) pai arghum को महत्हो
    पय तमुहरुको मृत्‍युपछी गर्नै पर्ने महत्वपूर्ण र अनिवार्य जातिय सस्कार हो। पय नगरेसम्मा मृतकको आत्माले स्वोर्गलोक प्राप्त गर्न सक्दैन भन्ने तमुहरुमा विश्वाश रहेको छ। पय भनेको पव: अर्थात मृतकलाई प्रेतात्माबाट मुक्त गरेर पित्रिमात्र(खेमा)सँग लिन गराउने कर्मकान्ड हो। यसलाई ल्हेव:फिवा: पनि भनिएको छ। ल्हे भनेको पित्री र फि भनेको मात्री हो। अर्घु(पय)गरी दिएपछी मृतकको आत्मा त्हाव:चैगिए सिङमा पुगेर पित्रीमात्री(आजी खे आजी मा) सँग लिन भएर बस्छन अर्थात सुखवती भुवनमा पुग्छन भन्ने विश्वास छ।
    पयका प्रकारहरु उल्लेख गर्नु पर्दा मरेको दिनमै थालनी गर्ने लाई(ह्रो पय)अस्तु राखेर गर्ने गर्ने लाई(ह्री पय)म्रित्यु भएको केही दिन्,महिना र केही बर्षाको अन्तरालमा गर्ने लाई(च्युहु पय)अज्ञात ब्याक्तीलाई आकाश पित,धर्ती माता,चन्द्रमा भनी साक्षी राखी बाटो फुकाइ दिने लाई(क्या पय)भनिन्छ र लामा हरुले गर्ने पयलाई खुइपय र क्हेउपय
    गरी बिभिन्न किसिमले बारण गर्न सकिन्छ। अर्घु(पय)जति प्रकारको भएता पनि तमु समाजमा चलन चल्तीमा रहेको दुई प्रकारका पयहरु देखिन्छ।
    (क) ह्रो पय
    (ख) च्युहु पय
    यी दुवै तिनदिने पय हुन। शुरुको अवस्था बाहेक यी दुवै प्रकारका पयमा बिधिबिधान (क्ष्या म्या) एउटै हुन। फरक यतिमात्र हो ह्रो पय मृतकलाई सतगत गरी सकेपछी तुरुन्तै त्यसै दिनदेखी शुरु गरी तीन दिनसम्मा गरिने पय हो। यसमा ज्योतिष (पैडी) लाई दिन देखाउन वा हेराउन पर्दैन किनभने मृतकले नै राम्रो नराम्रो साइत आँफैले लिएर आएको हुन्छ भन्ने विश्वास छ। यस्तो अपर्झट पय आर्थिक स्थिती बलियो हुनेले गर्छन्। पयमा धेरै मनिस र सामान जोडजाम गर्नु पर्ने भएकाले धेरै जसो तमुहरुले च्युहु पय गर्ने चनल छ। यसमा कसैले चाडै केही दिन, महिनमा गर्छन् भने कसैले केही बर्ष अथवा धेरै बर्षको अन्तरालमा गर्ने गर्छन्। पय यती दिन,महिन र बर्षमा गर्नु पर्छ भन्ने छैन। साधरणतया आफ्नो अनुकुलता हेरेर बन्दोबस्त मिलाएर गर्ने गरिन्छ,तर मृत्‍यु भएको दिनदेखी गन्दा जोर दिन, महिना र जोर बर्षमा गर्न हुँदैन भन्ने चलन छ। च्युहु पय गर्नु पर्दा सर्वप्रथम ज्योतिष (पैडी) सँग देखाउने वा हेराउने गरिन्छ। पैडीलाई पय जुर्छ या जुर्दैन भनी हेराउन जाँदा केही रोतीरक्सी भेटी अक्ष्यता,पैसा चामल सगुन भनि लिएर जानु पर्छ। ज्योतिषि (पैडी) ले (अर्घु) पय को नक्षेत्र (सिङ) छुट्याउछ। नक्षेत्र (सिङ) विसेश गरी चार प्रकारका हुन्छन। (क)छैतिछैमा सिङ (ख) तपतपी सिङ (ग) ओमा क्हामो (क्होस:क्होम्ही) सिङ र (घ) क्याल्ती क्याल्मो सिङ।
    जय तमु बोँन धर्म ।

КОМЕНТАРІ •

  • @purnagurung1041
    @purnagurung1041 27 днів тому +1

    नमस्कार!बोन अती राम्रो!
    तर आला सेलाउने राती को १२/१बजे भीत्र मा गर्छन?
    सेम हामी तीर पनी सेम टु कल्हप्रेहरु हो?
    तपाईहरु गर्ने अली फ़रक होला?
    म पनी लमजुगं को हो!
    गाउ शहर चीसापानी हो!❤️❤️🌹🌹🙏🙏🙏👏👏👏

  • @SulbahadurGurung-rw2ci
    @SulbahadurGurung-rw2ci 3 місяці тому +2

    Yo Kun tyau ko ho ra khepri dress cai TU khepri ko jasto lagyo

    • @αηιυυη
      @αηιυυη  3 місяці тому +3

      @@SulbahadurGurung-rw2ci लम्जुङ दोर्दी गाउपालिका-५ वाक्सोरको टु कल्हेप्री समुहहरु नै हुन तर क्ल्हेप्रीको भेषभुष टु कल्हेप्री, क्रोम्छै क्लहेप्री , प्रुमै क्ल्हेप्री भनेर छुटाएको चै हुदैन हाइ त हजुर , सबै एकनासको हुन्छ तर हाम्रो लम्जुङको क्ल्हेप्री र स्याङजा बनकोट को च्हम्रु क्ल्हेप्रीहरुको फरक चै छन तर तमु प्ये ल्हु संघ केन्द्रका कल्हेप्री र लम्जुङको क्ल्हेप्री खेगीहरुको भेषभुष चै एउटै छन , शिरमा लगाउने अोर्गेनी , टोपी सबै एउटै छन ।

    • @SulbahadurGurung-rw2ci
      @SulbahadurGurung-rw2ci 2 місяці тому +1

      TU khepri ko dress cai praya jaso sabai same xa Malai khusi lagxa hjrle bankat cyamru khepri haruko dress ra nacniy tal sabai hernu bhakai hola TU khepri mobche khepri ko bhanda farak dekhxu mota