कयेता पुजा
Вставка
- Опубліковано 10 лют 2025
- कयेता पुजाको दिन एकाबिहानै घर आँगन लितपोत गरि सफा गरिन्छन् । बिहानी पख नौ र उनको पत्नी आएर घरका सदस्यहरुको खुट्टाको नङ कात्ने र अल लगाई दिई निस्य गरिन्छन् । कयेता पुजा गर्ने बालकलाई नुहाईधुवाई गरि चोखो बनाय पछि मामाले सुनको खोचा( सुनको छुरा), चाँडिको खोचा( चाँडिको छुरा)ले भान्जाको कपाल खौरने शुभारम्भ गरिन्छन् भने खौरेको कपाल बालकको फुपुले चरसको थालीमा थाप्ने कार्य गरिन्छन् वास्तवमा यसलाई बुसंखाय भनिन्छ यो कार्य पहिला नै गरिसकेका भए कयेता पुजा गर्ने बाललकको सामान्य रुपै नौले आङ्सा राखेर खौरिदिन्छन् । नौ बाट निस्य भईसकेका पूरुष वा केहिमहिला घरको पिखालखु क्षेत्रपाल( घरको मूल ढोका अगादी स्थापित सानू गोलाकारको अ मूर्त मूर्ती जसलाई पिखालखी द्य: वा कुमार द्य: भन्ने गरिन्छ लाई पुजा गरेर थान गणेश तथा च्वङा गणेश र निल बाराही( तिङ्ग बाराही) मा पुजा गर्न गैइछन् । कुनै पनि भोजमा भोजको कार्यमा चाहिने मध्यपान ( जाँड रक्सी ) को कमि नहोस भनेर च्वङा गणेशलाई र भोजमा खर्च गर्न धन याने आर्थिक कम नहोस भनेर आस्था र विस्वासले पूजा गर्ने परम्परा र संस्कार रहि आएको छ ।
#कयेतापुजा #g_thenext