विजेताझैँ हिँड्नु, पिडितझैँ होइन । Walking Victoriously, not as a Victim || Part 3 || Bro. Caleb
Вставка
- Опубліковано 6 лют 2025
- हरेक विश्वासीले शैतानको युक्तिहरुको विषयलाई जान्नु आवश्यक हुन्छ। त्यसका युक्तिहरु थाहा पाउनु नै त्यसमाथिको विजयको पहिलो कदम हो। जब हामीले हाम्रो शत्रुले हामीलाई कसरी आक्रमण गर्ने योजना बनाउँदै छ भन्ने कुरा थाहा पाउँछौं तब सजिलै हामी त्यस योजना विरुद्ध आफ्नो योजना बनाएर त्यसमाथि विजय हासिल गर्न सक्छौं। जति तपाई त्यसका युक्तिहरुलाई वेवास्ता गर्नुहुन्छ उति नै त्यसले तपाईको जीवनमा हानी गर्ने मौका पाउँछ। शैतानको प्रमुख आक्रमण गर्ने ठाँउ भनेको हाम्रो दिमाग/मन/सोच-विचार हो। त्यसले हाम्रो मन र विचारमाथि आक्रमण गरेर हामीलाई परमेश्वरको ज्ञानको विरुद्ध उभिन उक्साउँछ, तर हामीले सँधै हाम्रो हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्नुपर्छ। यसकारण हामी दिनदिनै वचनमा र प्रार्थनामा हाम्रो मनलाई नविकरण गर्दै लैजानुपर्छ। हामी जुन कुरामा बढि कमजोर छौं त्यसले त्यहि कुराद्वारा हामीलाई बढि आक्रमण गर्छ र हरेक पल्ट हामीलाई पापमा फसाईराख्ने कोशिस गरिरहन्छ। तर परमेश्वरले ख्रीष्ट येशूमा हामीलाई सधैँ विजयको निम्ति डोर्याउनुहुन्छ भन्ने विजेताको मानसिकतालाई धारण गर्नु जरुरी छ। हाम्रो मानसिकतामा आक्रमण गर्नेमाथि हामीले ख्रीष्टमा पाएको विजयको मानसिकताद्वारा विजय हासिल गर्न सक्छौं। आमेन।
शैतानले मानिसलाई आक्रमण गर्ने ३ वटा प्रमुख युक्तिहरु:
क. दबाब दिएर वा दबाबमा राखेर
ख. डर र त्रास फैलाएर/देखाएर
ग. मोह/प्रभोलनमा पारेर
Welcome to the official UA-cam channel of Bro. Caleb Khaling. We upload spirit-filled teachings, testimonies and discussions regularly to help you grow strong in your faith and relationship with God.
Bro. Caleb is the founder and pastor of Spirit of Life Church, USA. He is also the founder and director of Spirit of Life Bible School. Spirit of Life Church is located in Ohio, USA.
Don't miss out on any of our content, subscribe to our channel, and stay updated when we upload new videos.
Equipping men and women in the spirit of revival for ministry.
#SpiritofLifeChurch
#WordisSpirit
#NepaliSermon
Instagram: / bro.caleb_khaling
Facebook:
Bro. Caleb Khaling: / bro.khaling
Spirit of Life Church: / spiritoflifeusa