MOMILA JOSHI 10 NEPALI POEM || मोमिला जोशीका १० कविताहरु ||
Вставка
- Опубліковано 8 лют 2025
- एकल वाचनका क्रममा कवि तथा निबन्धकार मोमिला जोशीका १० कविताहरू वाचन भएका छन् । साहित्य सङ्गम मकवानपुरको सहकार्यमा युवा परिषद बागमती प्रदेशद्वारा आयोजित युवा कविता उत्सवका अवसरमा कवि जोशीले आफ्ना झण्डै ४० वर्ष पूरानादेखि नयाँ कविताहरू सुनाउनुभयो ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलद्वारा व्यक्ति परिचय गराइएको सो कार्यक्रममा उहाँले पीडा, प्यास र पानी, सूर्य समय, एउटा लालीगुराँस हराएको बेला, मात्र एउटा हाँगा काटिने, दोभन प्रहारबाट, नगरबधुको वक्तव्य, हिउँदको प्रथम वर्षात्, उकालोमा मेरो तस्बिर, तिमी र म, भीमसेन थापाको सुसाइड नोट शिर्षकका कविताहरू वाचन गर्नुभएको हो ।
हेटौँडाको २ दिने बसाइका क्रममा शुक्रबार आँचल साहित्य कला पुञ्ज मकवानपुरद्वारा उहाँको निबन्ध कृति ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ माथि बहस कार्यक्रम आयोजना गरिएको थियो ।
शनिबार रोयल प्यालेस हेटौँडामा आयोजित एकल कविता वाचन कार्यक्रममा जोशीले युवा, देश, सामाजिक परिस्थिति, महिला र पुरूषका समभावजस्ता विषयवस्तुलाई आफ्ना कवितामार्फत् समेट्नु भएको थियो ।
आयोजक युवा परिषदले अघिल्लो वर्ष विप्लव प्रतिकका एकल कविता वाचन गराएको थियो भने हाल नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष जोशीका कविता वाचनका सँगसँगै विगतको प्रतियोगितालाई समेत निरन्तरता दिँदै युवाहरूमा सिर्जनात्मक क्षमता वृद्धि, हौसला तथा आशा जगाउन पनि यस्ता कार्यक्रम आवश्यक रहेको परिषदका उपाध्यक्ष सन्तोष चौलागाईँले बताउनुभयो ।