बाह्रदशी - ५ का तुलसी प्रसाद पाण्डे फलाए एउटा रुखमा आठ प्रजातिका आँप

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • बाह्रदशी गाउँपालिका - ५ का कृषक तुलसी प्रसाद पाण्डे २०३६ सालदेखि कृषि पेशामा सम्लग्न हुनुभयो । परम्परागत रुपमा कृषि कर्म गर्दै आउनु भएका पाण्डे प्रदेश सरकारले उपलब्ध गराएको अनुदान पाएपछि भने व्यवसायिक कृषि कर्ममा लाग्नु भएको छ । अहिले उहाँ व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती र फूल उत्पादन गर्नु हुन्छ । कुनै समय सोखका रुपमा फूल खेती र आफूलाई खान फलफूल खेती गर्दै आउनु भएका पाण्डे अहिले भने ब्यवसायिक रुपमा तरकारी, फलफूल र फूल खेती गर्दै मनग्य आम्दानी गरिरहनु भएको छ । पाण्डे फलफूल तथा नर्सरी फर्म दर्ता गरेर व्यवसायिक खेतीमा जुट्नु भएका पाण्डेको अहिलेको दैनिकी फलफूलको हेरचाह र बजारीकरणमा बित्ने गरेको छ ।

КОМЕНТАРІ •