भिडियो तुरुन्तै हेरिहाल्नुहोला Khaijadi Bhajan सारा दर्शकको मन जित्यो तर निर्णायकको मन जित्न सकिएन

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • We participated in the original folk bhajan competition being held at the National Dance Hall, representing Kalaghar and Sindhuli. Among the 20 group participants, we came at turn no. 1 and presented our performances. At the beginning of the presentation, we performed the aarti of Lord Ganesha with the lighting of the lamp, then performed tandab dance and showed the importance of religion for morality through the rhythm of purbeli khaijedi, expressing the pain of the country's unpleasant state through the rhythm of western hymns and finally presenting an 11-minute bhajan with the message of doing something in the country.
    दर्शकको मन जितियो तर निर्णायकको मन जित्न सकिएन ।
    हामी चौथो सान्तवना भैयो । हाम्रो चौथो हुने कारण निर्णायकले यसो भने
    चेतना मुलक भयो तर मौलिकता अलि भएन रे
    मरेको सिन देखाएर तिमारु चौथो भयो रे
    भजन गाउने मान्छे मर्छ भन्ने सन्देश गयो रे
    अब हाम्रो भन्नू
    भेसभुसामा साडी चौबन्दी चोलो र धागो रामनामको बर्को, रुद्राक्षमाला लगाएका थियौ ।
    मौलिकताको मर्म बुझेर छालाले मोडेको खैजडी प्रयोग गर्यौ तर जित्नेहरुले केही डफली प्रयोग गरेको पनि पाइयो । हामिले खैजडी मुझुरा, कर्ताल मादल हारमोनियम र बासुरी, प्रयोग गरेका थियौ ।
    भजनको सुरुवातमा दिप प्रजलन र दाइनामा गणेश मुर्ती राखी बिधिगत बाजा पुजा गरि आरती गाई सुरुवात गरेको थियौ । तर आज प्रथम दोस्रो हुने समुहले समेत बाजा पुजा गरेका थिएनन ।
    राष्ट्रिय भजन प्रतियोगिता भएको कारणले भेगिए हिसाबले समग्र समेट्नु पर्छ भन्ने हिसाबले हामिले 4 मिनेट पुर्बेली गायौ र चार मिनेट पस्चिमेली शैलीमा भजन समाबेश गरेर गाएका थियौ तर आज अधिकान्स 18 ओटा समुहले पुर्बेली भजन प्रस्तुती गर्नुभएको थियो ।
    बिषय बस्तुमा हामीले एक फाकी पुरै पुर्ब पस्चिमको भजनको सार्थकता र सनातन धर्ममा एकताको संदेश सब्दमा प्रवाहगरेका थियौ ।
    झाकी अन्तर्गत तान्डब नृत्य प्रस्तुत गरेका थियौ ।
    प्राचीन भजनमा हाम्रो खुबी थिएन त्यो कमजोरी स्विकार्छौ तर यथार्थ परक गरेका थियौ । तर रामनाम भगवान जप्नु पर्ने कुरामा जपेकै थियौ ।
    बिसय बस्तु हामिले खुसिमा र दुखिमा पनि भजन भन्ने उदेश्यका साथ देशको अबस्था छोरो पर्देशबाट फर्किएर आउदाको खुसी र बाकसमा आउदाको पीडा सङ्गै देशमै गरिखाने बाताबरण सृजना होस भन्ने सन्देश प्रवाह गरेका थियौ । अधिकान्स समुहले भगवान लिला समयमै नसकेर रोकिएको थियो ।
    नाचको सवालमा भन्ने हो भने पुर्बेली भजन र पस्चिमेली दुबै नृत्य जोकोहिले गर्न नसक्ने नृत्यको छनक गरेका थियौ ।
    राजनितिक आक्षेप लाउने पाइने छैन भनेर नियम राखिएका थियो । स्वयम् प्रथम हुने समुहले राजनितिक कुरा उल्लेख भयो । पछि निर्णायकलाई असन्तुस्ट ब्यक्त गर्दा एक निर्णायकले राजनितिबाट फेरि फर्क्यो नि त भन्ने जवाफ दिए ।
    उपस्थित दर्शकमात्र नभएर स्वयम् जित्नेले पनि कसरी हामी फस्ट भयौ अचम्म परेउ सम्म भने ।
    बाक्सामा लास देखाएर दर्शकको मन जित्न ब्याकमेलिङमात्र हैन 100 चोटि भन्दा बढी सोचेर विधि नै पुर्याएका थियौ ।
    चित्त त यो अर्थमा अलि बढी दुख्यो रिजल्ट सुनाइसकेपछी हामी भन्दा दर्शक खिन्न हुनभो । नाचघरको गेटमा धेरैले सम्झाउदा हामिले के के गुमाए जस्तो महसुस भयो ।
    चुनाब जिते झै रिजल्ट सुनाउनु अघि दर्शकको भारी बधाइले अबको कलायात्रामा हाम्रो निम्ति उत्प्रेरणा बनेको छ ।
    राष्ट्रिय नाचघारमा सम्पन्न हुँदै गरेको मौलिक लोक भजन प्रतियोगितामा हामी कलाघरबाट अझ भनौ सिन्धुलीबाट प्रतिनिधित्व गर्दै सहभागिता जनायौ । 20 समुह सहभागिमा पालो नम्बर 1 मै आयो आफ्नो प्रस्तुती राख्यौ । प्रस्तुतीमा सुरुमा दिप प्रज्वलन सहित भगवान गणेशको आरती गर्यौ त्यसपस्चात ताण्डब नृत्य राख्दै नैतिकताको निम्ति धर्मको महत्व पुर्बेली खैजेडिको लयबाट दर्शाउदै देशको अमिलो अबस्था पर्देशिनुको पिडालाइ पश्चिमेलि भजनको लयबाट ब्यक्त गर्दै अन्तमा स्वदेशमै केही गरौ भन्ने सन्देश सहितको झण्डै 11 मिनेटको भजन प्रस्तुती गर्यौ । अधिकाङ्स दर्शकले मन छोएको राम्रो प्रतिक्रिया दिनुभएको छ ।
    लोक भजनको एउटा महामेला स्वरुप उपस्थिति गराउनुहुने आयोजक सहयात्रा नेपाल लगायत सबै सस्था र निर्णायक मन्डल साथै देशभर बाट पाल्नुहुने सबै भजन टिमलाइ सम्मान गर्दै उपस्थित सम्पुर्ण दर्शक अतिथी प्रती आभारी छौ

КОМЕНТАРІ • 11

  • @Parbatimagarchummi
    @Parbatimagarchummi 3 місяці тому +4

    हाम्रो प्रतिभा हाम्रो प्रयास❤️🙏सबै जनाले माया गरिदिनु होला🙏

  • @bijaythapa5676
    @bijaythapa5676 3 місяці тому +4

    ❤👍️

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 місяці тому +1

    विभिन्न प्रकारको कला प्रस्तुति राम्रो छ,

  • @PreamLama-is7pj
    @PreamLama-is7pj 3 місяці тому +1

    Dherai ramr0xa hajur

  • @Rameshlamichhane-bl1nc
    @Rameshlamichhane-bl1nc 3 місяці тому

    सुन्दर प्रस्तुति कला घर परिवार लाई बधाई 🎉🎉

  • @pappusomaimagar1616
    @pappusomaimagar1616 3 місяці тому +1

    Dami ❤❤❤❤

  • @gangathatal3970
    @gangathatal3970 3 місяці тому +1

    हाम्रो प्रस्तुती कस्तो छ प्रतिक्रिया दिनुस है सबैले 🇳🇵🙏

  • @pabitraramtel2056
    @pabitraramtel2056 3 місяці тому +1

    हाम्रो प्रस्तुतिको मुल्याङ्कन गर्ने पालो हजुरहरुको 🙏🙏🙏

  • @jibanmagar9800
    @jibanmagar9800 3 місяці тому +1

    भजन हेरी आफ्नो प्रतिकृया राख्दिनुहोला❤️🙏

  • @shrijanagoletamang2830
    @shrijanagoletamang2830 3 місяці тому +1

    भजन प्रतियोगितामा हाम्रो प्रस्तुति

  • @LekhrajKarki-e6h
    @LekhrajKarki-e6h 3 місяці тому

    Good