एक युगको अवशान | Funeral of Late Anirudra Prasad Singh | Former Chief Justice

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • यो खबर सुनाउँदै गर्दा हामी दुःखीत छौँ कि पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिँह अब हामीमाझ रहनुभएन । एक सय वर्ष ७ महिनाको उमेरमा उहाँ यस धरतीबाट अल्बिदा हुनभयो । चाहे सर्वोच्च अदालत होस् वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चाहे जाहेरी विभाग होस् वा लोकसेवा आयोग वा विभिन्न मन्त्रालयमा किन नहोस् यी सबै संवैधानिक निकायहरुको नेतृत्वप्रदान गरी यो देशलाई ६ दशक सेवा गर्नुभएका एक युगान्तकारी व्यक्तित्व अब हामीमाझ हुनुहुन्न । नेपालभूमिमा जन्मिएर अन्तराष्ट्रिय जगत्सम्म परिचित व्यक्तित्व अनिरुद्र प्रसाद सिँहलाई अमेरिकन बायोग्राफिकल इन्स्टिच्युटले ‘आउट स्ट्यान्डिङ म्यान अफ ट्वान्टिथ सेन्चुरीबाट सम्मान गरेबाटै थाहा हुन्छ उहाँको कद कति उच्च थियो ।

    हो एक युगमा एकचोटी जन्मिन्छन् यस्ता व्यक्तिहरु जसले आफू बाँचेको समयलाई बाच्नुको अर्थमा परिभाषित गर्छन् आफ्नो जीवन । जबजब कानुनी र प्रशासनिक इतिहासमाथि कलम चलाइनेछ अनिरुद्रप्रसाद सिंहको इतिहास लेखिनेछ, कर्मको कथा बोलिनेछ । एक कर्मयोद्धाको कर्मप्रति हार्दिक नमन, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण । उहाँका पाइलाका डोबहरुमाथि नयाँ पिढीँले सुनौलो भविष्यको सृजना गरोस् । त्यही नै हो उहाँप्रति सच्चा श्रद्धाञ्जली हो, नमस्कार ।

КОМЕНТАРІ • 1