Nepali Movie The Shoes Of Little Girl | Award Winning Nepali Movie |

Поділитися
Вставка
  • Опубліковано 7 лис 2024
  • ‘जुनुको जुत्ता’ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट अवार्ड जित्यो
    नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो ।
    रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनुको जुत्ता’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको हो ।
    ‘जुनुको जुत्ता’ले गत मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड लिएको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो ।
    अब इटाली, सिंगापुर र जर्मनीमा
    ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ ।
    लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल-हमबर्ग’को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल-ओवरहोउसेनमा अवार्ड लिएको थियो ।
    ‘जुनु’ पात्रमा केन्द्रित रहेर १० वर्षे यात्राको तयारी
    योसँगै जुनु पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको पनि तयारी भइरहेको छ । जुनुको फरक फरक उमेरको कथा बोक्ने आगामी फिल्महरु हरेक दुई दुई वर्षको अन्तरालमा छायाँकन हुनेछन् ।
    करिब १० वर्षपछि फिल्मले पूर्णता पाउनेगरी जुनुको भूमिकामा रहेकी ६ वर्षे हिस्सी लामालाई १५\१६ वर्ष उमेरसम्म कथाले पछ्याउनेछ । तर जुनु श्रृंखलको हरेक सर्ट फिल्म आफैमा पनि पूर्ण हुनेछन् ।
    जुनुको जुत्ताबारे
    ‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।
    विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।
    फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्ककुमारी शर्मा लगायतको अभिनय छ । ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन् ।
    ******
    Filmy Sansar is your one-stop destination for Kollywood, Bollywood & Hollywood Latest News, Entertainment, Lifestyle of filmy artists, Gossiping Film news updates, Press meets, movie song launches, New movie launches, Pre-release functions & many More.
    *******
    #filmysansar #filmy #filmyfocus #filmyfame #filmytalkies #movie #movies #movietrailer #moviereview #movienews #nepalifilm #nepalifilms #nepalimovie #nepalimovieupdate #nepalimoviesong #kollywood #kollywoodcinema #bollywood #bollywoodnews #bollywoodgossips #bollywoodsongs #bollywoodupdates #hollywood #hollywoodmovies #hollywoodmovie #hollywoodstatus #hindidubbed #hindidubbedmovie #hindidubbedmovies #cinema #cinematic #cinemanews #cinematography #bhojpuri #bhojpurimovie #bhojpurisong #rj_pasang #rj_pasang_vlogs

КОМЕНТАРІ •