सबैभन्दा धेरै रेमिट्यान्स बाहुन वर्गले भित्र्याएको छ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • आधुनिकता र युगानुकूलता बाहुन वर्गबाट सिकौँ।
    -----------------------------
    बाहुन भन्दा बित्तिकै सबै रुढीबादी र विभेदी हुन्छन् भन्ने भाष्य निर्माण गरेर समाजमा गलत सन्देश दिने ग्याङ सक्रीय छ २०५० साल यता।हो, तिनीहरू मध्ये केहीमा विभेदी भाव छ,त्यो त अरु वर्गमा पनि छ तर समग्र बाहुन वर्ग धेरै आधुनिक र सुसभ्य बन्दै छ।
    उद्योग,व्यापार,कलाकारिता सबैमा बाहुनहरूले अपूर्व प्रगति गरेका छन्।नेपालको पहाडी खस बाहुन वर्गले पुरातन बन्धन तोडेर विश्व बजारमा प्रतिस्पर्धामा उत्रिएको छ।नेपालका अधिकांश कुखुरा फर्म,जुत्ता उद्योग,कपडा उद्योग,होटल,कृषि फर्ममा बाहुन वर्ग सक्रीय छ।यति सम्म कि बाहुनले छुनै नहुने भनिएको रक्सी पसल र मासु पसल समेत काठमाडौं बाहिरको हकमा बाहुनकै धेरै छन्।फलाम र सुनका पसलहरू,जुत्ता र छालाजन्य व्यापार बाहुनले नै गरेका छन्।पुरै देशमा हेर्दा सिलाइ बुनाइ सम्बन्धि पसलहरमा बाहुनको उपस्थिति बाक्लो छ अझ महिला टेलरको हकमा त ९०% भन्दा बढि बाहुनीहरू नै छन्।मेरै आफन्तमा समेत दस जना भन्दा बढि महिला टेलर बनिसके।अधिकांश भजन गायक र गीत गायक तथा वाद्यवादक बाहुन नै छन्।लण्डनमा कुखुरा पोल्ने,फिनल्याण्डमा माछा भुट्ने,अमेरिकामा रक्सी बेच्ने,अरबमा बेल्चा हान्ने,दुबईमा पोछा लगाउनेहरूमा हिसाबै गरे पनि ७०% भन्दा बढि बाहुन नै होलान्।त्यति मात्रै होइन विदेश पढ्न जाने र वहाँ गएर सम्मानित जीवन जिउनेमा पनि बाहुनहरूकै उपस्थिति बाक्लो छ।इन्जिनियर,डाक्टरहरू अधिकांश बाहुन छन्। वित्त,राजनीति सबैमा बाहुनले प्रगति गरेका छन्।आफूले आफैलाई युगानुकूल परिवर्तन गर्न सकेको बाहुन वर्ग आज नपुगेको देश विश्वमा कतै छैन।यति सम्म कि बाहुनलाई निषेध नै गरेको सेना प्रहरीमा समेत बाहुनले आफ्नो खुबीले कब्जा गर्‍यो।नेपालको प्रधान सेनापति समेत बाहुनकै छोरो बन्यो।भारतको गोर्खा पल्टन,बेलायतको गुर्खा कमाण्ड,सिंगापुर पुलिस जस्ता विश्वका चर्चित सुरक्षा सँस्थामा बाहुनको पकड बढ्दो छ।
    अबको बीस।वर्षमा यी सबै गोर्खा पल्टनमा ८०% भन्दा बढि बाहुन हुने छन्।जसले पसिना बगायो उसैको प्रगति हुने हो।सही मानेमा भन्दा भारतको मारबाडी जस्तै नेपालको पहाडिया खस बाहुन वर्ग बनेको छ।२०५० साल सम्म निमुखा,निरीह तथा कुनो र दुनोमा भुलेको मानिने बाहुन वर्ग आज विश्व बजारमा वैश्विक प्रतिस्पर्धामा छ र सबै भन्दा धेरै रेमिट्यान्स र कर आर्जेर देशलाई धानेको छ।
    बाहुनले सजिलै कुखुरा पालेर,बंगुर पालेर,रक्सी बेचेर,जुत्ता उद्योग खोलेर,कपडा सिलाएर,सुन र फलामका काम गरेर,मेसिन गन चलाएर,राइफल बोकेर आफूलाई वैश्विक परिवेशमा उभ्यायो।बाहुनले विहानभरि पूजा गर्छ,दिनभर कुखुरा फर्ममा काम गर्छ बेलुका फेरि आएर आरति गर्छ उसले धर्म र अर्थ दुईवटै प्रगति गर्‍यो।शिल्पी समूदाय तथा जनजातिलाई व्रतबन्ध गरौँ,सँस्कृत पढ्नुस् र कर्मकाण्ड र ज्योतिष सिकेर स्वावलम्बी बन्नुस् र धार्मिक क्षेत्र कब्जा गरेर छुवाछुतको कहरबाट मुक्त हुनुहोस् भनेर २०६५ सालबाट घर- घर गएर विन्ती गर्दा कसैले सुन्दैन।बाहुनले सजिलै सुँगुर पालेर विश्व बजारमा आफूलाई उभ्याउन सक्छ भने शिल्पी समूदायले सँस्कृत पढेर कर्मकाण्ड र ज्योतिष शिल्प किन सिक्न सक्दैन? बहुआयामिकता त बाहुनको खुबी हो।नत्र आजको जमानामा अरूले दिएको जजमानी भागले कसरी जिउन सकिन्छ र ?
    सामन्ती श्रम विभाजनलाई बाहुनले जसरी लात हानेर आफूलाई विश्वस्तरीय प्रतिस्पर्धामा उभ्यायो यो विषयलाई दलित-शिल्पी लगायत सबै समूदायले ठण्डा दिमागले सोंच्नु र आफूहरू पनि उक्त जञ्जालबाट छुटी वैश्विक प्रतिस्पर्धामा उत्रिनु आवश्यक छ।
    ----------
    हो, देशका अधिकांश बाहुन पुरेत,पण्डित र गुरुकुलहरूमा विभेद चर्को छ।अवस्था नाजुक छ।त्यसो हुनुमा उनीको जीवन वृत्ति र समाजले उनीहरूमाथि लाद्ने सामाजिक बन्धनहरूलाई उनीहरूले तोड्न नसक्नु पनि कारण छ तर यो केही प्रतिशत छ।समग्र बाहुन वर्ग हेर्दा ठूलो क्रान्ति गरेको छ।बाहुन वर्गमा एउटै भयंकर गल्ती छ - बाहुनले बाहुनलाई नै हेप्नु नत्र बाहुन समाजको चेतनाको स्तर असाध्यै उच्च,आधुनिक र क्रान्तिकारी बन्दै गएको छ,यो खुसीको कुरा हो।
    " आधुनिकता र युगानुकूलताको लागि संघर्ष"----- बाहुन वर्गबाट सिकौँ।
    भीमकान्त भागवत

КОМЕНТАРІ •