अध्यापन अनुमतिपत्रको सामग्री,गुणस्तरिय शिक्षा,विद्यालय क्षेत्र विकास योजना, गुणस्तर अभिवृद्धिमा

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • गुणस्तरिय शिक्षा
    सम्भावित प्रश्नोत्तरहरु
    १. गुणस्तरीय शिक्षाका सुचक मध्ये नगानीमा नपर्ने तलका मध्ये कुन हो?
    क. संस्थागत गतिशीलता
    ख. शिक्षक्
    ग. पाठ्यक्रम
    घ. विद्यार्थी
    २. विद्यालय क्षेत्र विकास योजना (२०७३/८०) को ५ ओटा उद्देश्य मध्ये नपर्ने उद्देश्य तलको कुन हो ?
    क. समता
    ख. सुशासन तथा व्यवस्थापन
    ग. समतामुलक
    घ. व्यवहारिक शिक्षा र नविनतम प्रविधीमा जोड
    1. समताः पहुँच, सहभागिता तथा सिकाइ उपलब्धिका दृष्टिले शिक्षा प्रणालीमा पछाडि परेका समुदाय विशेष गरी समूह-समूहका बीचमा हुने विभेदलाई न्यूनीकरण गरी सबैका लागि समतामूलक पहुँच, सहभागिता तथा सिकाइ उपलब्धि सुनिश्चित गर्नु ।
    2. गुणस्तरः सिकाइको वातावरण, पाठ्यक्रम, शिक्षण-सिकाइ सामग्री (पाठ्यपुस्तक लगायत), विधि, मूल्यांकन तथा परीक्षाको सान्दर्भिकता तथा गुणस्तरीयतामा अभिवृद्धि गराई विद्यार्थीको सिकाइमा सुधार सुनिश्चित गर्नु ।
    3. सक्षमताः समग्रतामा सिकाइ वातावरण तथा शिक्षण-सिकाइ पद्धतिका न्यूनतम र सर्वस्वीकार्य मापदण्ड स्थापित गरी सुशासन तथा व्यवस्थापकीय सक्षमताको सुदृढीकरणबाट विद्यालय क्षेत्रलाई स्थानीय सरकारप्रति उत्तरदायी बनाउनु ।
    4. सुशासन तथा व्यवस्थापनः पहिचान भएका आवश्यकता तथा संघीय स्वरूपलाई ध्यानमा राख्दै शिक्षा क्षेत्रको राजनीतिक तथा प्रशासनिक पुनर्संरचना गर्दै संघीय, प्रान्तीय एवम् स्थानीय तह बीच लागत साझेदारीको अवधारणा अनुरूप दिगो र सुदृढ आर्थिक व्यवस्थापन सुनिश्चित गर्नु ।
    5. उत्थानशीलताः विद्यालयहरूलाई द्वन्द्वबाट सुरक्षित भएको सुनिश्चित गर्न विद्यालय तहको विपत् व्यवस्थापन तथा विद्यालय, विद्यार्थी, शिक्षक एवम् समुदाय बीच सहकार्य र सौहार्दता अभिवृद्धि गरी बृहत् विद्यालय सुरक्षा तथा विपत् जोखिम न्यूनीकरण शिक्षालाई समग्रतामा मूलप्रवाहीकरण गर्नु ।
    ३. विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धीमा तलका मध्य कुन पक्षले महत्वपूर्ण भुमिका निर्वाह गर्दछ्?
    क. सरोकारवालाको जवाफदेहिता जिम्मेवारी बहन र शुसासन
    ख. कुशल नेतृत्व
    ग. अभिभावको पूर्ण सहभागिता
    घ. नियमित सुपरिवेक्षण
    ४. गुणस्तर अभिवृद्धिमा शिक्षकले तलका मध्ये कुन भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक छ ?
    क. विद्यालय व्यवस्थापनमा सुधार
    ख. .योजनाबद्ध शिक्षण र नीति कार्यान्वयन
    ग. नविनतम प्रविधीको प्रयोग गरी शिक्षण सुधार
    घ. बालमैत्री शिक्षण
    ५. जान्न, गर्न, बन्न र सँगै जिउनका लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रूपमा परिभाषित कसले गरेको हो ?
    क. युनेस्को
    ख. युनिसेफ
    ग. जाइका
    घ. विश्व स्वास्थ्य संगठन
    ६. गुणस्तरीय सिकाइ, सिकाइ बातावरण, विषयवस्तु, प्रक्रिया, उपलब्धि र प्रतिक्रियालाई गुणस्तरीय कसले गरेको हो?
    क. युनेस्को
    ख. युनिसेफ
    ग. जाइका
    घ. विश्व स्वास्थ्य संगठन
    ७. गुणस्तरीय शिक्षाको प्रक्रियासम्बन्धी पक्षमा कुन पर्दछ ?
    क. शिक्षक
    ख. विद्यार्थी
    ग. क्रियाकलाप
    घ. पाठ्यक्रम
    ८. युनेस्को (२००४) का अनुसार गुणस्तरीय शिक्षाको आयाम समूहमा कुन पर्दछ ?
    क. शिक्षक, लगानी, प्रक्रिया, प्रतिफिल र प्रभाव
    ख. सिकारु विशेषता, संदर्भ सक्षम लगानी शिक्षण र सिकाइ उपलब्धि
    ग. क्रियाकलाप, लगानी, प्रक्रिया, मूल्याङ्कन, प्रभाव र असर
    घ. पाठ्यक्रम, प्रक्रिया, सामग्री, मूल्याङ्कन र प्रतिफल
    ९. गुणस्तरीय शिक्षाको लगानीसम्बन्धी पक्षमा कुन पर्दछ ?
    क. सिकाइ विधि
    ख. अनुगमन, सुपरिवेक्षण
    ग. क्रियाकलाप
    घ. पाठ्यक्रम
    १०. गुणस्तरीय शिक्षाको उपलब्धिसम्बन्धी पक्षमा कुन पर्दछ ?
    क. बाहयसक्षमता
    ख. विद्यार्थी
    ग. क्रियाकलाप
    घ. पाठ्यक्रम
    ११. विद्यालय क्षेत्र विकास योजनाले गुणस्तरीय शिक्षाका लागि जोड दिएका पक्षमा कुन पर्दछ ?
    क. शिक्षक, क्रियाकलाप, लगानी, प्रक्रिया, मूल्याङ्कन, प्रभाव र असर, समय, कार्यसम्पादन, बाह्य सक्षमता
    ख. पाठ्यक्रम, प्रक्रिया, सामग्री, मूल्याङ्कन र प्रतिफल, आन्तरिक सक्षमता, बाह्य सक्षमता
    ग. सिकाइको वातावरण, पाठ्यक्रम, शिक्षण सिकाइ सामग्री, विधि, मूल्याङ्कन तथा परीक्षाको सान्दर्भिकता
    घ. पाठ्यक्रम, लगानी, प्रक्रिया, प्रतिफल, प्रभाव र असर, कार्य सन्तुष्टि उत्कृष्ट
    १२. गुणस्तरीय शिक्षाको सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिलाई शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा एकीकृत शिक्षण संस्थामा प्रविधिको पूर्वाधार विकास गर्ने र शिक्षण सिकाइ प्रक्रियालाई सूचना प्रविधिमैत्री बनाउने नीति कुन दस्तावेजमा उल्लेख गरिएको छ ?

КОМЕНТАРІ • 1