6TH CULTURAL PROGRAM 2081 || KARTIK 15 to 19 || TPLS CYC POKHARA ||
Вставка
- Опубліковано 25 лис 2024
- मौलिक भवन निर्माणार्थ तमु प्ये ल्हु संघ, केन्द्रीय युवा समितिद्वारा आयोजित छैटौं बृहत सांस्कृतिक अभियान कार्यक्रम सम्पन्न भएको छ ।
मौलिक भवन कार्यालय निर्माणार्थ, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सहयोग संकलनको लागि छैटौं बृहत सांस्कृतिक अभियान कार्यक्रम लिएर तमुको मौलिक संस्कार, संस्कृति, धर्म, भाषा र भेषभुषा संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्दछ भन्ने आदरणीय ब्यक्तित्वहरुको घर आँगनमा कार्यक्रम लिएर गएको थियो ।
जसमा यो भनाइको साथर्क थोपा-थोपाले समुन्द्र बन्दछ, थोरे थोरेबाट धेरै बन्दछ भने झै एक रुपैयाँले लाख हुँदै करोड पुग्ने कुरा हामी सबैमा अवगत नै छ त्यसैले तपाईं हाम्रो थोरै थोरैले धेरै हुन्छ र त हजुरहरुको छोराछोरी आवद्ध भएको तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले लिएको उदेश्य या लक्ष्य पूरा गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम संचालन गरिएको हो ।
मिति २०८१ कार्तिक १५ देखि १९ गतेसम्म चलाएको अभियानमा विभिन्न स्थानमा संकलनबाट जम्मा रकम रु. ९,०४,८७३/- अक्षेरुपी नौ लाख चार हजार आठ सय तिरहत्तर रुपैयाँ) भएको थियो । संकलित रकमको आम्दानी र खर्च सहितको विवरण छिटै यहाँहरुसामु राख्ने समेत जानकारी गराइन्छ ।
कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्नमा हाम्रो तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सम्पुर्ण साथीहरू लगायत सहयोग गर्नु हुने सहयोगी दाताहरुमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु । तपाइहरुको साथ र सहयोगले नै कार्यक्रम सफल भएको हो । भाबी पुस्तान्तरण गराउने हेतुले पनि हामिलाइ यसरी प्रोत्साहन र हौसला दिने आदरणीय अभिभावकहरुमा पुन धन्यवाद दिन चाहन्छु, अध्यक्ष सुकबहादुर (शुक्रराज) सर्बुजा तमुले भन्नू भएको थियो । यस अभियानमा कार्यक्रम गराइ रहदा छुट हुनु भएको सहयोगी दाताहरुमा सम्पर्क गर्न सकिने समेत अध्यक्षले जानकारी गराउनु भएको छ ।