1. रात धेरै पर्यो, धेरै-धेरै, मायाका कुरा नगर न, ए भोलिबारे केही थाहा नभई जीवनभरिका दिनहरू मेरै नाम नगर न, ए सागरमा होस् कि आकाशमा, जहीँकहीँ मैसँग डुल्ने मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो बेकम्फुसे गफ नगर न, ए नजिक नआऊ, डर लाग्दै छ आफ्नै भावनाहरूसँग शिथिल छ मुटु, रूखो बनाएको छु धेरै-धेरै साल लगाई नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन किन सोध्छौ किन यति डर? थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन? तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊँ म जब आफ्नै आत्मालाई चिनेको छुइन? आफ्नै छायासँग भागी दौडँदै छु म भन, तिम्रो छायाको जिम्मा कसरी लिनु म? संसार छाडी हिँड्ने वाचा नदेऊ न, शुरू-शुरूमा त यस्तै त हो नि जिन्दगानीको रीतहरूले यसैउसै हामीलाई अल्झाउने नै हो काश हाम्रो भेट केही सालअगाडि हुन्थ्यो या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो समय सही हुन्थ्यो, राजै, मौसम बेग्लै हुन्थ्यो तर आज हैन, नजिक नआऊ न नजिक नआऊ, डर लाग्दै छ आफ्नै भावनाहरूसँग शिथिल छ मुटु, रूखो बनाएकै छु धेरै-धेरै साल लगाई नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन किन सोध्छौ किन यति डर? थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन?
2. बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि? सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची जाऊ हराऊ खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ हेर न आफूलाई तिमी कति भयो खुलेर हाँसेको कति भयो निर्धक्क बाँचेको खोजी हिँड्यौ माया सारा खोक्रो पसलहरूमा, तर कहिल्यै बुझ्न सकेनौ आखिरमा भावना बदलन्छन् मौसमैसरि चाहार्छौ गल्ली सम्झनामा चियाउँछौ बादललाई एकोहोरो किन बुझेनौ आजसम्म समय त्यो गयो? अगाडि बढ न सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची जाऊ हराऊ खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ हेर न आफूलाई तिमी कति भयो खुलेर हाँसेको कति भयो निर्धक्क बाँचेको बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?
1.
रात धेरै पर्यो, धेरै-धेरै, मायाका कुरा नगर न, ए
भोलिबारे केही थाहा नभई जीवनभरिका दिनहरू मेरै नाम नगर न, ए
सागरमा होस् कि आकाशमा, जहीँकहीँ मैसँग डुल्ने
मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो बेकम्फुसे गफ नगर न, ए
नजिक नआऊ, डर लाग्दै छ आफ्नै भावनाहरूसँग
शिथिल छ मुटु, रूखो बनाएको छु धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर?
थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन?
तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊँ म
जब आफ्नै आत्मालाई चिनेको छुइन?
आफ्नै छायासँग भागी दौडँदै छु म
भन, तिम्रो छायाको जिम्मा कसरी लिनु म?
संसार छाडी हिँड्ने वाचा नदेऊ न, शुरू-शुरूमा त यस्तै त हो नि
जिन्दगानीको रीतहरूले यसैउसै हामीलाई अल्झाउने नै हो
काश हाम्रो भेट केही सालअगाडि हुन्थ्यो
या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो
समय सही हुन्थ्यो, राजै, मौसम बेग्लै हुन्थ्यो
तर आज हैन, नजिक नआऊ न
नजिक नआऊ, डर लाग्दै छ आफ्नै भावनाहरूसँग
शिथिल छ मुटु, रूखो बनाएकै छु धेरै-धेरै साल लगाई
नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन
किन सोध्छौ किन यति डर?
थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन?
❤
Wow....Its amazing voice
2.
बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?
सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची
जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको
खोजी हिँड्यौ माया सारा खोक्रो पसलहरूमा, तर कहिल्यै
बुझ्न सकेनौ आखिरमा भावना बदलन्छन् मौसमैसरि
चाहार्छौ गल्ली सम्झनामा चियाउँछौ बादललाई एकोहोरो
किन बुझेनौ आजसम्म समय त्यो गयो? अगाडि बढ न
सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची
जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको
बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?
😭💘
where do i get more ...............😢😢
❤
Keep watching Lyrical Vibes😊
hoina holaa❤🩹
2025?
❤