Pradeep Neupane
Pradeep Neupane
  • 76
  • 50 263
Science exhibition 2081. 14th anniversary Gorkha Secondary School Tulsipur
Science exhibition 2081
14th school’s anniversary
Gorkha Secondary School Tulsipur Dang Rapti Zone Nepal
तुलसीपुर स्थीत गोरखा माध्यमिक विद्यालयको चौधौं बार्षिकोत्सव समारोहमा छिर्ने वित्तिकै मुल प्रवेशद्धार नजिकैको एउटा ट्रस्टमा दर्जनौं प्रकृतिका विज्ञानका चमत्कार देखिए । ती सवै चमत्कार अर्थात आविस्कार गोरखा मावि तुलसीपुरमै पढ्ने विद्यार्थिहरुका थिए । विज्ञानलाइ व्यवहारमा उतारिएको थियो, स्थानिय बस्तुको प्रयोग गरी ।
एउटा स्टलमा कृतिम मानव मुटुले शरीरमा कसरी रक्त सन्चार गर्दछ भनेर रगत पम्पिङ गरीरहेको आकृतिको थियो । एउटा खालि सिरिन्जबाट हावाको माध्यमबाट कृतिम मुटु फुल्ने र सुक्ने गरेको दृश्यथियो त्यो । ‘यो हामी दुइ वहिनिको प्रोजेक्ट वर्क हो, हामीदुइले मिलेर यो बनाएकाहौं। कक्षा ७ र कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गरीरहेका विद्यार्थि लक्षु र ललिता भट्टराइले भने । अनिअर्को नजिकैको स्टलमा महिलाहरुमा हुने मासिक धर्मको चक्रको चित्रबनाइएको थियो । हरेक स्टलमा चित्रसंगै आविस्कार गर्ने विद्यार्थिहरुले बार्षिकोत्सवका पाहुनाहरुलाइ व्रिफिङ गरीरहेका थिए ।
कक्षा ९ का विद्यार्थि सज्जन डांगिको टिमले बनाएको थियो, जिपलाइन । विद्युतबाट चल्ने जिप लाइनलाइ उनीहरुले वातावरणमैत्री यातायात सेवादिन सकिने रुपमा व्याख्या गरीरहेका थिए । सडक खन्दा धेरै वातावरणिय विनास हुने भएकाले जिपलाइन मार्फत मानिसलाइ यातायात सेवामात्र नभएर सामान ढुवानीमा पनि सहजताआउने भन्दै उनीहरुले अतिथिहरुलाइ सुझाइरहेका देखिन्थे । संगैको स्टलमा थियो, अटोमेटिक वाटर डिस्पेन्सर । अर्थात धारामा हातथापेपछि अटोमेटिक पानीआउने प्रविधि । फोक्सोले कसरी स्वास प्रश्वास गरेर हाम्रो शरीरको सवै भागमाअक्सिजन पुग्छ भन्ने पनिफोक्सोको क्रियाकलाप देखाइएको थियो, चित्रका माध्यमबाट ।
थरीथरीकाआविस्कार थिएनन् त्यहां । थिए परम्परागत पर्व अनुसारका गहनाहरु, जातजातीका पहिरनहरु, जातिय संस्कृतिअनुरुपमाऔजारहरु पनि विज्ञान प्रदर्शनीमा प्रदर्शन गरिएकाथिए । विद्यालयको वार्षिकोत्सवमा कतिजनाको सहभागिता भयो भनेर तस्वीर सखित ल्यापटपमा रेकर्ड गर्ने प्रविधि समेत विद्यार्थिहरुले बनाएका थिए । सौर्य प्रणालिको पनि सचित्रव्याख्या गरीरहन्थे विद्यार्थिहरुले । ‘हामीले सिकाएका कुरालाइ कसरी व्यवहारमै उतार्न सकिन्छ भनेर विद्यार्थिहरुलाइ प्राक्टिस गर्न लगाउछौं, सोहि अनुसार उनीहरुले यस्ता चमत्कारहरु निर्माण गरेकाहुन्’, गोरखा माविका विज्ञान संकायप्रमुख विष्णु भण्डारीले भने । गोरखा स्कुलले करीवदशक अघिदेखिआफ्नो बार्षिकोत्सवमा यसरीनै विज्ञान प्रदर्शनीलाइ महत्वदिएको विद्यालयका प्राचार्य विजयमान जिएमले बताए ।
त्यसो त बार्षिकोत्सवको रौनककला संस्कृति, कविता र अन्य प्रस्तुतीले बढाएको थियो । बार्षिकोत्सवमा थुप्रै अतिथि बोलाएर शुभकामना मन्तव्य दिएर बार्षिकोत्सव मनाउने परम्परा भन्दाअलि फरक शैलिमा गोरखा मावि तुलसीपुरले बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवकै अवसरमा झरना सापकोटाको ‘मेरो पहिलो महिनावारी’बोलको कतिवाले सवैलाइ भावुक एवं लज्जित बनाएको थियो । उनको प्रस्तुतीमा महिलाहरुलाइ मासिक श्राव भएका वेला परीवार र समाजले कस्तो व्यवहार गर्छन भन्ने सन्देश दिएको थियो । अनि सत् व्यवहार गर्न सुझाएको पनि थियो ।
तुलसीपुरका नगरप्रमुख टिकाराम खड्काको प्रमुखआतिथ्यमा भएको बार्षिकोत्सव कार्यक्रममा गोरखा ग्रुपका सिइओ नोवल जिएमले गोरखा ग्रुपले दाङमा जम्मा चारवटा स्कुल सन्चालन गरीरहंदा दश हजार विद्यार्थिलाइ जिम्मा लगाइएकोमा गौरवको अनुभुति भएको बताए । साथै दंगालिले दिएको यो शैक्षिक जिम्मेवारीलाइअझै दरिलो बनाउन गुणस्तरीय एवं समय उपयोगी शिक्षामा गोरखाग्रुप प्रतिवद्ध रहेको बताए । शिक्षा राम्रो हुन शिक्षक विद्यार्थि र अभिभावक वीच त्रिकोणात्मक संबन्ध र हातेमालो हुन आवस्यक रहेकाले गोरखाग्रुपले सोहि अनुरुपको शैक्षिक गन्तव्य तय गरेको पनि उनको अभिव्यक्ति थियो ।
गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानवहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रकाअभियन्ताहरु एवं गोरखा स्कुल सन्चालकहरुको बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा तुलसीपुर उपमहानगरपालिका-६ काअध्यक्ष बर्षात भण्डारी, गोरखाग्रुप तुलसीपुरका अध्यक्ष विष्णु घर्तिमगर, राष्ट्रिय परीक्षावोर्डका अध्यक्ष कमल अर्याल, राप्ती ववइ क्याम्पसका प्रमुख गणेश पार्धेलाइ आमन्त्रण गरिएको थियो । विद्यालयका शिक्षक पुर्ण विक्रम डांगी र कमल भण्डारीले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका प्राचार्य विजय जिएमले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो विद्यालयका एकेडेमिक डाइरेक्टर दुर्गा वहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा गोरखा माध्यमिक विद्यालयको मुखपत्र पनि विमोचन गरिएको थियो ।
Переглядів: 416

Відео

Kauda Dance | Muskuraudai Herne Unilai | 14th anniversary | Gorkha Secondary School Tulsipur
Переглядів 1 тис.9 годин тому
“muskurauda herne unilai” dance performed by Students of class 12 in 2081/09/18 14th school’s anniversary
तुलसीपुर दाङमा लुङाली रिजालहरूको देवाली मंसिर २०८१ । Lungali Rijal’s Dewali 2081 Tulsipur
Переглядів 13816 годин тому
लुङाली रिजालहरूको देवाली मंसिर २०८१ तुलसीपुर दाङ । Lungali Rijal’s Dewali 2081 Tulsipur 7 Dang | Pradeep Neupane ‪@neupanepradeep‬
सोरठी नाच। तुलसीपुर दाङ |Sorathi Geet Tulsipur . ​⁠ @neupanepradeep Pradeep Neupane
Переглядів 23028 днів тому
सोरठी नाच। तुलसीपुर दाङ |Sorathi Geet Tulsipur . ​⁠ @neupanepradeep Pradeep Neupane
Journey to Lumbini, the Birthplace of the Lord Buddha. @neupanepradeep Pradeep Neupane
Переглядів 1,6 тис.Місяць тому
Journey to Lumbini, the Birthplace of the Lord Buddha. @neupanepradeep Pradeep Neupane
सर्प महोत्सव २०८१ मा सर्प वारे विभिन्न जानकारी एकै ठाउॅंमा। Snake Festival 2024 at Ganeshpur Park
Переглядів 2302 місяці тому
सर्प महोत्सव २०८१ मा सर्प वारे विभिन्न जानकारी एकै ठाउॅंमा। Snake Festival 2024 at Ganeshpur Park
Farmers constructing dam for irrigating Mustard in Nepal. @neupanepradeep Pradeep Neupane
Переглядів 872 місяці тому
Farmers constructing dam for irrigating Mustard in Nepal. @neupanepradeep Pradeep Neupane
Teej special programme 2081 @neupanepradeep Pradeep Neupane
Переглядів 1,3 тис.4 місяці тому
Teej special programme 2081 @neupanepradeep Pradeep Neupane
Yoga and Meditation. Gorkha Secondary School Tulsipur Dang Class 12 Science 2081 @ neupanepradeep
Переглядів 5524 місяці тому
Yoga and Meditation. Gorkha Secondary School Tulsipur Dang Class 12 Science 2081 @ neupanepradeep
Day 1- Journey to Thakurdwara Bardiya from Tulsipur @neupanepradeep Pradeep Neupane #tharu dance
Переглядів 2425 місяців тому
Day 1- Journey to Thakurdwara Bardiya from Tulsipur @neupanepradeep Pradeep Neupane #tharu dance
वाढीले गर्दा स्थानियवासी त्रसित सितलपुर वखरियामा @neupanepradeep Pradeep Neupane
Переглядів 3225 місяців тому
वाढीले गर्दा स्थानियवासी त्रसित सितलपुर वखरियामा @neupanepradeep Pradeep Neupane
Journey to Rolpa Shyaltar | Natural Swimming pool | Fishing | Full enjoy | Vlog | Pradeep Neupane
Переглядів 3676 місяців тому
Journey to Rolpa Shyaltar | Natural Swimming pool | Fishing | Full enjoy | Vlog | Pradeep Neupane
End of class 10 | Best wishes programme 2080 | Gorkha Secondary School Tulsipur Dang@neupanepradeep
Переглядів 9718 місяців тому
End of class 10 | Best wishes programme 2080 | Gorkha Secondary School Tulsipur Dang@neupanepradeep
थवाङ -३ मिरूल, रोल्पाका युवाले यस्तो गरे तुलसिपुरमा Pradeep Neupane
Переглядів 3008 місяців тому
थवाङ -३ मिरूल, रोल्पाका युवाले यस्तो गरे तुलसिपुरमा Pradeep Neupane
Gorkha Secondary School Farewell Programme Class XII 2081 @neupanepradeep
Переглядів 1,9 тис.8 місяців тому
Gorkha Secondary School Farewell Programme Class XII 2081 @neupanepradeep
Rapti peace park Tulsipur 7 Dang. The living heaven @neupanepradeep
Переглядів 1688 місяців тому
Rapti peace park Tulsipur 7 Dang. The living heaven @neupanepradeep
See who dies in this accident
Переглядів 989 місяців тому
See who dies in this accident
Water fall of Saat tale साततालेको छहरा।
Переглядів 1304 роки тому
Water fall of Saat tale साततालेको छहरा।
Pokhara fewataal Gorkhali
Переглядів 3007 років тому
Pokhara fewataal Gorkhali
Pokhara, Kaski, White gumba
Переглядів 1597 років тому
Pokhara, Kaski, White gumba
Orientation 2074 Gorkha School Tulsipur Physical before Yoga
Переглядів 4247 років тому
Orientation 2074 Gorkha School Tulsipur Physical before Yoga

КОМЕНТАРІ