Durga prasad pokhrel
Durga prasad pokhrel
  • 11
  • 417
६० बर्ष पछिको भोजपुर याकु यात्राको ऐतिहासिक रोचक वृतान्त Historical interesting Yatra after 60 years
६० बर्ष पछि को भोजपुर यात्रा को स्मारक ~~
चन्द्र प्रसाद पोख्रेल जन्म १९९०/४/१ त्यसैगरी देबिमाया सुबेदिको जन्म मिति १९८८/३/३ गते भएकोमा १३ बर्षको अर्थात मसिर २४ गते बिबाह बन्धन बाधिनु भै भोजपुर याकु बाट पोख्रेल परिवारको चप्रामारीमा बसाई सर्ने ऐतिहासिक घटना २०२२ सालमा भएको हो। भोजपुरको पर्वतीय क्षेत्रबाट चप्रामारीमा बसाई सर्नु विशेष रूपमा महत्वपुर्ण थियो, जसले चप्रामारीको सामाजिक र सांस्कृतिक परिप्रेक्ष्यमा परिवर्तन ल्यायो।
मिति २०८१/७/३ र ४ गतेको दुइ दिने यात्रा ६० वर्षपछि बाबुआमाले आफ्नै हातले रोपेका रुख बिरुवा, पुरानो कुवा, घर, जातो, ढिकी, र मकै राख्ने कुन्यु अझै त्यही अवस्थामा देख्दा बुबा आमाको निश्चय नै भावुक मात्र हुनु भएन आँखा नै रसाए। ती सबै चिजहरू उहाँहरूको जीवनका यादहरू र समयको प्रतीक हुन्।
जसरी उहाँहरूले त्यहाँ जीवन बिताउनुभयो, संघर्ष गर्नुभयो, हाँस्नुभयो, दुख र सुखका क्षणहरू बाँड्नुभयो, ती सबै सम्झनाहरू ती वस्तुहरूसँग जोडिएका छन्। ती दृश्यहरूले उहाँहरूलाई पुराना दिनतिर फर्काउनेछ, जहाँ उहाँहरूका बाल्यकाल, परिश्रम, र परिवारसँग बिताएका क्षणहरूको झल्को रहेको देखिन्छ । यो बुबा आमाको लागि अत्यन्तै भावनात्मक र अर्थपूर्ण यात्रा भयो ।
आमाबुबाको जन्मस्थान भोजपुरको याकु हाल अन्नपूर्ण गाउँपालिका वडा नं. ५ मा पर्नु र त्यहाँ अझै पनि बाटोको पहुँच सहज हाल सम्म पनि नभएको पाउँदा त्यो ठाउँको वास्तविकता झल्किन्छ। त्यति विकट ठाउँबाट मोरङ बसाइँ सर्नु, अनि ६० वर्षपछि फेरी त्यही ठाउँमा फर्किनु, पक्कै पनि बुबा आमाको लागि एउटा ठूलो भावनात्मक यात्रा छोरा छोरी बुहारी साथ रहेको थियो।त्यो यात्रा विकट भए पनि त्यो ठाउँमा पुराना सम्झनाहरू सुरक्षित रहनु उहाँहरूको लागि अझ विशेष र महत्वपूर्ण छ।
चन्द्र प्रसाद पोख्रेल परिवारको २०२२ सालमा भोजपुर याकु बाट आउदा ४ छोरा जन्म थिए भने बाकी ६ छोराछोरी चप्रामारी मै भएको हो आज ८९ जनाको बृहत परिबार सदस्य छन। ९४ बर्ष बसन्त पारिगरी सक्दा पनि धार्मिक दर्शन र घुमफिर रमाउन यो युगल जोडि आज पनि उतिकै कृयासिल छ।भोजपुर पछि चप्रामारीमा बसाई पछि पनि यो सन्तानहरु ४ पुस्ता का ८९ जनाको सन्तान एकै परिबारसन्तान हरु दशै एकै बुबा लगाउने गरि आएका छ्न बसोबास गर्ने क्रममा भने कोहि बिराटनगर ,इटहरी ,काठमाडौ , बिदेश अस्ट्रेलिया समेत छोरा , नाति नातिनी हरु अहिले बसोबास गरि आएका छ्न द्शै लगायत ठुलाचाड पर्बमा भने एकै ठाउमा भेला भै रमाइलो गरि रमाउने यो पोखरेल परिबार को आफ्नै मौलिक परम्परा छ।जस्ले चप्रामारीको धार्मिक सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पार्यो। उनीहरूको प्रयासले चप्रामारीमा नयाँ सम्भावनाहरूको उद्घाटन गर्यो र स्थानीय समाजसँगको सम्बन्धलाई प्रगाढ बनायो। आजको दिनमा, चन्द्र प्रसाद पोख्रेल परिवार चप्रामारीको एक महत्वपूर्ण हिस्सा बनेको छ र समाजको उत्थानमा निरन्तर संलग्नता जनाउँदै आएको छ।
Переглядів: 59

Відео

DLA Morang 2073-076 कार्यसमिति सामुहिक तस्बिर @
Переглядів 507 років тому
Created by VideoShow:videoshowapp.com/free